रवि लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीलाई ४ दिन म्याद थप

काठमाडौँ । हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगी आरोपमा थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको छ । आइतबार कास्की जिल्ला अदालतले उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै लामिछानेलाई अदालतसँग थप १३ दिन हिरातसमा राख्न अनुमति मागेको थियो । कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई मङ्सिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिनको म्याद शनिबार सकिएको थियो ।

प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै पुनः म्याद थपका लागि आइतबार उनलाई अदालतमा पेश गरेको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज