नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध विशेष अदालतमा आरोपत्र दायर, नागरिकता जन्म मिति सच्याएर भ्रष्टाचार गरेको आरोप 

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी उमेर हदभन्दा बढी पदमा बसेर अख्तियार दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा ६६ वर्षको उमेरसम्मै पदमा बहाल रहर पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून बमोजिम कारबाहीका लागि आरोपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अयोगले सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय र सिलवालले मिति २०८० भदौ १५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रुपैयाँ सोह्र पैसा मागदावी सहित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम मुद्दा चलाउन माग गरिएको छ ।
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज