पर्सामा रविको बयान सुरु

काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सरकारी वकिलको कार्यालय पर्सामा बयान सुरु गरिएको छ ।

पर्सामा समेत उनी विरुद्ध उजुरी परेपछि उनलाई बयानका लागि सोमबार कास्किबाट काठमाडौं हुँदै पर्सा पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बयान सकिएपछि लामिछानेलाई कास्की पठाउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज