अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपा नेताहरूसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो ।

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछिको प्रदर्शनका क्रममा अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्न खोजेको’ आरोपसहित रास्वपाका नेता विरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन रिट दर्ता गरेका थिए । उक्त रिट माथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले अदालतको अवहेलनाको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी एवं सांसदहरूलाई ‘किन कारबाही नगर्ने ’ भनी जवाफ माग्ने आदेश गरेको हो ।

अधिवक्ता भट्टराईले रिटमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज