डिजिटल कारोबारमा भ्याट लगाउने सरकारको निर्णय सर्वोच्चबाट सदर, आर्थिक ऐनले ल्याएको १३ प्रतिशत भ्याट उठाउने बाटो खुल्यो

काठमाडौँ । डिजिटल कारोबारमा भ्याट लगाउने सरकारको निर्णय सर्वोच्चबाट सदर भएको छ । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) लिन नहुने भन्दै सर्वोच्चमा रिट परेको थियो । मंगलबार सर्वोच्चले उक्त रिट खारेज गर्न खारेज गरेसँगै डिजिटल कारोबारमा १३ प्रतिशतट भ्याट लिने बाटो खुला भएको छ ।

सर्वोच्चले १३ प्रतिशत भ्याट लिनु गैरकानूनी दाबी गरेको रिट खारेज गरेको र यो फैसलासँगै भ्याट लिने कानुनी बाटो वैधानिक भएको छ । सरकारको निर्णय बदर गर्नुपर्ने कुने आवश्यक कारण नदेखेपछि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो ।

अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज हुनुपर्ने माग राखेका रिट दायर गरेका थिए। रिट खारेज भएपछि यो कायमै हुने भएको अधिवक्ता भट्टराईले बताए।

सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएसलगायतले प्रयोग गरेबापत सेवा शुल्क १३ प्रतिशत पुर्याएको थियो।

नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि उनीहरूले भ्याट तिर्नुपर्ने भएको थियो । त्यसरी यी कम्पनीले प्रदान गर्ने सेवा शुल्कमा भ्याट लाग्ने भएपछि त्यसको जिम्मेवारी सेवाग्राहीलाई उठाउँदै आएकाले खारेज हुनुपर्ने रिटमा जिकिर थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज