काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत, काठमाडौंमा बुधबार अभियोगपत्र दायर गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी लिएको छ । दफा (४७) को (२) अनुसार उनलाई थप सजाय हुन मागदावी गरिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।