काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले यस्तो अनुमति दिएको हो ।
सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि प्रहरीले उनलाई गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको थियो । सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अहिले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।