दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

साइबर अपराधको आरोपमा अनुसन्धान पछि प्रहरीले अनुसन्धान सकेर प्रसाईंविरुद्ध मुद्दा दायर गरेपछि बिहीबार थुनछेक बहस भएको थियो । बहसपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि प्रसाईंलाई पक्राउ गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज