काठमाडौँ । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोले मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किएका उनलाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको हो ।।
काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले उनलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।