टीआरसी पदाधिकारी चयनमा अन्योल कायमै, पुनः बैठक बस्दै

काठमाडौँ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी चयनमा अन्योल कायम छ। आइतबार मध्यरातसम्म बसेको टीआरसी पदाधिकारी सिफारिस समितिको बैठकमा सहमति जुट्न नसकेपछि आज पुनः बैठक बोलाइएको छ।

आज पदाधिकारी सिफारिसका लागि अन्तिम दिन भएकाले सर्च कमिटीमा सहमति जुटाउन चर्को प्रयास भइरहेको छ। समितिका प्रवक्ता खम्बबहादुर खातीका अनुसार केही नाममा अझै छलफल बाँकी छ।

सरकारले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा कात्तिक २ गते टीआरसी सिफारिस समिति गठन गरेको थियो। दुई महिनाभित्र पदाधिकारीको नाम सिफारिस गर्ने समयसीमा भएकाले आज अन्तिम दिनभित्रै सहमति जुटाउनुपर्ने दबाब छ।

दुवै आयोगका अध्यक्ष र चार सदस्य पदका लागि ४० जनाको नाम सर्ट लिस्ट गरिएको छ। तीमध्ये अध्यक्ष पदका लागि आठ जनाको नाम चर्चामा रहेको बताइएको छ। तर, प्रमुख पदाधिकारीको छनोटमा राजनीतिक सहमति अभावकै कारण निर्णय प्रक्रिया लम्बिँदै आएको छ।

यसले सरकारको Transitional Justice (सङ्क्रमणकालीन न्याय) प्रक्रिया र पीडितहरूको न्याय प्राप्तिको अपेक्षामा थप अनिश्चितता पैदा गरेको छ। समितिले आजको बैठकमा सहमति जुटाउने प्रयास गरे पनि अन्तिम घडीमा सहमति हुने वा नहुने अन्योल कायमै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज