गुरुङबाट जग्गादान लिने एमालेको निर्णय कानुनसम्मतः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई कानुनसम्मत ठहर गर्दै जग्गा विवादसम्वन्धी परेको रिट खारेज गर्ने फैसला गरेको छ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालय बनाउन दानमा दिएको जग्गा विरुद्ध रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज