काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले अदालतको आदेश र सरकारको निर्देशनविपरीत नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएका खेल संघमाथि कारबाही प्रक्रिया सुरु गरेको छ।
मन्त्री तेजुलाल चौधरीका अनुसार निर्वाचनमा सहभागी संघलाई स्पष्टिकरणका लागि तीन दिनको समय दिइएको छ। जवाफ नआए कारबाही अघि बढाइने उनले बताए। एनओसीका २७ संघमध्ये २० संघले निर्वाचनमा सहभागिता जनाए भने ७ संघले अदालतको आदेश पालना गर्दै बहिष्कार गरे।
निर्वाचनमा सहभागी खेल संघहरूलाई मन्त्रालय र राखेपले पटकपटक निर्देशन दिए पनि उनीहरूले मतदानमा भाग लिएका थिए।
शनिबार अनलाइनमार्फत सम्पन्न निर्वाचनमा जीवनरामलाई अध्यक्षमा निर्वाचित गरिएको थियो। बाँकी पदमा भने उम्मेदवारहरू निर्विरोध चयन भएका छन्।