काठमाडौं । पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीलाई ठग्दै गरेका राष्ट्रिय कितावखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईं तीन लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रसाईंलाई पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस मागेको उजुरीका आधारमा पक्रउा गरेको हो ।
प्रसाइलाई आइतबार अख्तियारको एक टोलीले सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिएको अवस्थामा उक्त रकमसहित उनकै कार्यकक्षबाट पक्राउन गरेको हो
पक्राउ परेका पै्रसाईंको विषयमा अख्तियारले थप अनुसन्धान गरिरहेको अख्तियार दुरुmपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।