काठमाडौं । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई स्वतः निलम्बन भएका छन् । मेयर बस्नेत निलम्बनमा परेसँगै उपमेयरमा सुशीला अधिकारी नगरपालिका कार्यवाहक मेयर बनेकी छिन् ।
मेयर बस्नेत दोश्रोपटक नागार्जुन नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । मेयर बस्नेत निलम्बनमा परेसँगै उपमेयर अधिकार स्वतः कार्यवाहक मेयर भएकी हुन। अधिकारी पनि दोस्रो पटक नेकपा एमालेबाट निर्वाचित भएर उपमेयर बनेकी हुन् ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर मोहनबहादुर बस्नेतविरुद्ध आइतबार भ्रष्टाचारमुद्दा दायर गरेको हो । मेयर बस्नेतमाथि अख्तियारले मेयरविरुद्ध ९ करोड भ्रष्टाचार र १३ करोड सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
मेयर बस्नेत नेपाली कांग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत हुन ।