काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
बिहीबार बसेको समितिको बैठकमा विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरिएको थियो । त्यसपछि सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । सभापति खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित भएको हो हो ।