काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङे (राजीव गुरुङ) को कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पाँच वर्ष कैद सजायको पूर्णपाठ सार्वजनिक गरेको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले २०८१ कात्तिक २० गते मनाङेलाई दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको हो। मनाङे कात्तिक २७ मा प्रहरीले सानोभर्याङबाट पक्राउ गरेको थियो।
यसअघि, २०६१ सालमा चक्रे मिलनमाथि तरबार प्रहारको आरोपमा जिल्ला अदालतले मनाङेलाई दुई वर्ष कैद सजाय सुनाएको थियो। पुनरावेदन अदालतले सजाय पाँच वर्ष कायम राखेपछि मनाङे फरार भएका थिए।
२०७५ सालमा थुनामुक्त भएका मनाङेले थुना बाहिरै मुद्दा लडेका थिए। सर्वोच्चको हालको आदेशले बाँकी सजाय भुक्तान गर्नुपर्ने निर्णय गरेको छ। सर्वोच्चको फैसला सार्वजनिक भएपछि अब गण्डकी सरकारलाई मनाङेको सांसद पदबारे निर्णयको बाटो खुलेको छ।