काठमाडौं । कास्की अदालतमा छविलाल जोशीले बयान दिँदै भनेका छन्, जिबी र विले हस्ताक्षर किर्ते गरेपछि गर्न थालेको थाहा पाएपछि उनीहरुको संगत छोडेको हो । पूर्व डिआइजी एवं गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीले आफ्ना साझेदारहरू जिबी (गितेन्द्रबाबु) राई र रवि लामिछानेले हस्ताक्षर किर्ते गरेको आरोप लगाएका छन्।
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा जोशीले दिएको बयानमा जिबी र रविले आफ्नो हस्ताक्षर किर्ते गरेको उल्लेख गरेका छन्।
सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालतमा स्वर्णलक्ष्मी बचत सहकारी सम्बन्धमा ३९ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
‘मलाई उनीहरूले तपाईंको केही कागजपत्रमा हस्ताक्षर छुटेको छ भनेर, पुनः माइन्युट लगायत कागजातमा सही छाप गर्न लगाए,ु उनले बयानमा भनेका छन्, ुमैले सहीछाप गरेका कम्पनीका कागजातहरू पछि मेरो अनुपस्थितिमा जिबी र रविले प्रयोग गरे। २०७७ कात्तिक ४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय, माइन्युट लगायत कागजातमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गरे।
रवि र जिबीको दुवैको नियत नै गलत भएको बुझेर आफूले गोर्खा मिडिया छाडेको पनि जोशीले बयानमा बताएका छन्।
‘त्यो कुरा थाहा पाएपछि उनीहरूको गलत नियत बुझेर त्यस दिनदेखि नै अब उनीहरूसँग बसेर कम्पनीमा काम गर्नु हुँदैन भन्ने ठानेँ र मैले सहकार्य गर्न छाडेको हुँ,ु उनले भनेका छन्।
उनले गोर्खा मिडियामा आबद्ध भएको दुईरतीन महिनामै आफू कम्पनी छाडेर विदेश गए पनि विधिवत् रूपमा सात महिनापछि मात्रै छाडेको र सेयर जिबीलाई नै बिक्री गरेको उल्लेख गरेका छन्।
यस्तै शंखमूलस्थित आफ्नो घर बैंकमा धितो राखेर ऋण लिने प्रस्ताव जिबीले राखेको पनि बयानमा जोशीले भनेका छन्।
‘गोर्खा मिडियाको पुँजी ५ करोडबाट १२ करोड बनाउने भनेर जिबीले मेरो शंखमूलको घर धितो राखेर ऋणका लागि सहयोग गर्न भनेका थिए। मैले पुँजी बढाउने र आफ्नो घर धितो राख्ने दुवै कुरामा असहमति जनाएको थिएँ,ु उनले भनेका छन्।
गोर्खा मिडियाको सञ्चालक रहेको भन्दै छविलाल जोशीविरूद्ध अदालतमा मुद्दा दायर गरिएको हो।