चौधरी समूहले फिर्ता लियो बाँसबारी जग्गा प्रकरणको रिट

काठमाडौं । चौधरी समूहले बाँसबारी छालाजुत्ता कारखानाको जग्गामाथीको हकदाबी फिर्ता लिदै सर्वाेच्चमा दर्ता गरेको रिट फिर्ता लिएको छ । मंगलबार सर्वोच्च अदालतले रिट दायर गर्ने कम्पनीको मागबमोजिम नै दुवै रिट फिर्ता गरेको हो।

चौधरी समूह अन्तर्गतको च्याम्पियन फुटवेयर प्रा.ली. (हाल चाँदवाग रेसिडेन्सी प्रा.ली.) ले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा भोगचलन गर्दै आइरहेको थियो ।
मालपोत कार्यालय डिल्लीबजारले बाँसबारी छाला जुत्ता कारखानाको स्वामित्वमा रहेको १० रोपनी जग्गा फिर्ता गर्नका २०८० माघ २५ गते निर्णय गरेको थियो । उक्त निर्याय विरुद्ध चाँदवाग रेसिडेन्सी प्रा.ली.ले सर्वाेच्चमा २ वटा रिट दायर गरेको थियो ।

सी.जी. चाँदबागका तर्फबाट अध्यक्ष सञ्जयकुमार ठाकुरले दुईवटा रिट निवेदन फिर्ता लिन मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासबाट उक्त रिट फिर्ता भएको हो। आदेशसँगै मुद्दाको लगत कट्टा समेत भएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज