विराटनगर । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई जिल्ला अदालत मोरङले १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते मुद्दा दायर भएको थियो । अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।