रविलाई फेरी पठाइयो हिरासत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई थुनछेक बहस नसकिएपछि हिरासतमा पठाइएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन्।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालतमा उपस्थित भएका थिए ।

आइतबार लामिछानेको बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएको थिएन। थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो । सोमबार बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुने बताइएको छ ।

आफैं अदालतमा उपस्थित भएका लामिछानेले आफूलाई परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए। तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज