स्वर्णलक्ष्मी सहकारी मुद्दामा अझै सकिएन थुनछेक बहस, रवि अझै कम्तीमा दुई दिन हिरासतमा रहने

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहस सोमबार पनि नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अझै कम्तीमा दुई दिन न्यायिक हिरासतमै रहने भएका छन् । सरकारी वकिल, सहकारी पीडित तर्फका वकिलहरूले बहस सके पनि लामिछाने पक्षका वकिलहरूले बहस गर्न बाँकी रहेपछि लामिछानेलाई सोमबार पनि न्यायिक हिरासतमा पठाइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको मुद्दामाथि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भएको हो। रास्वपा सभापति लामिछानेले जिल्ला न्यायाधीशसँग आफूलाई परिवारको जिम्मा लगाउन माग गरेका थिए। उनका वकिलहरूले पनि कि परिवार कि वकिलहरूको जिम्मामा छाड्न भनेका थिए।

मंगलबार सरकारी बिदा भएका कारण अब बुधबार मात्रै थुनछेक बहस हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज