संसदमा विचाराधीन विधेयक अध्यादेशको रूपमा जारी, संसद छलेर धमाधम अध्यादेश जारी गर्दै सरकार

काठमाडौं । संसदमा विचाराधीन विधेयक फिर्ता लिएर सरकारले धमाधम अध्यादेश जारी गरिरहेको छ । सरकारले अध्यादेश ल्याउन सक्ने कानुनी प्रावधान भएपनि विधेयक फिर्ता नै नलिएर अध्यादेश जारी भएको हो ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले विभिन्न चारवटा अध्यादेश जारी गरेका छन् । त्यसमध्येको एक ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ संसदमा विचाराधीन विधेयक हो ।

यो विधेयक ३२ साउन २०८१ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा दर्ता गरेका थिए । संसद्मा सैद्धान्तिक छलफल भएर अर्थ समितिमा दफावार छलफलमा पुगेको थियो ।

संसदमा विचाराधीन विधेयक फिर्ता लिएर सरकारले अध्यादेश ल्याउन सक्ने कानुनी प्रावधान छ । तर, विधेयक फिर्ता नै नलिएर अध्यादेश जारी भएको हो ।

पछिल्लो समय सरकारले संसदबाटै ल्याउनुपर्ने विधेयकमा समेत संसदको अधिवेशन नबोलाएको र संसदलाई छलेर धमाधम अध्यादेशबाट देश चलाउने काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज