काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार जिल्ला अदालत काठमाडौँमा ६० लाख धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको बुझाएका थिए ।
थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेश दिएको हो ।