काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । विहिबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका झा केन्द्रीय कारागारमा थुनामा रहेका छन् । उनले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।