रुपन्देहीमा रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत, रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले थुनछेक बहस पछि यस्तो आदेश दिएको हो ।

सुप्रिम सहकारीका बचतकर्ताले दिएको जाहेरीको अधारमा इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धान गरेर रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता गरिएको थियो ।

बहसका क्रममा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने माग गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको भन्दै उनलाई मुद्दा नचलाउन माग गरेका थिए ।

सभापती लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज