स्वास्थ्य बीमाको रकम पाँच लाख पुर्याइने, सर्वसाधारणलाई राहतकै लागि कानूनी व्यवस्था हुने

काठमाडौं । सरकारले हाल १ लाख रुपैयाँसम्मको उपचारमा दिँदै आएको स्वास्थ्य बीमा सुविधा अब बढाएर ५ लाख पुर्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बीमा रकम बढाउने तयारी भएको जानकारी दिए । यसका लागि सरकारले कानूनी व्यवस्था गरेर सहजीकरण गर्ने जानकारी पनि उनले दिए ।
सरकारले स्वास्थ्य बीमा ऐन २०७४ लाई संशोधन गर्ने भएको छ । यो ऐनमै उल्लेख गरेर बीमा रकम ५ लाख पुर्याउने भएको छ । यो व्यवस्थासँगै अस्पताल जााँदा बीमितले पैसा तिर्ने नपर्ने र सोही बीमा रकमबाट भुक्तानी हुने व्यवस्था गर्ने भएको छ ।
मन्त्री पौडेलले भने “स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
बीमा रकम पाँच लाख रुपैयाँ पुर्याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो । उनले यस अघिको आफ्नो कार्ययोजनामा नै स्वास्थ्य बीमा रकम बढाउने घोषणा गरेका थिए । सोही योजना अनुसार काम हुँदै गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज