धरौटी बदरको माग गर्दै लामिछानेले दिए उच्च अदालतमा निवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीले दिएको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् ।

गत पुस २५ गते सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले थुनछेकसम्बन्धी सुनुवाईको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । कास्की जिल्ला अदालतको उक्त आदेश चित्त नबुझी सो बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भन्दै रास्वपा सभापति लामिछानेले सोमबार उच्च अदालतमा निवेदन दर्ता गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज