काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् । यस अधिवेशनमा करिब ३० विधेयक संसद्मा लैजाने तयारी सरकारले गरेको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् । केही साताअघि जारी गरिएका ६ अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता गर्ने सरकारले तयारी गरको छ ।
दिउँसो १ बजे दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा)को बैठक सुरु हुने छ । प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।