काठमाडौँ । सात्तारुढ दल नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सरकारले हालै जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष सुझाव दिएको छ ।
शनिबार एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन ।
सुझावमा अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्थामाथि परिवर्तन गर्नु पर्ने आवश्यकता औल्याइएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार अन्य दलहरुसँग पनि छलफल गरेर प्राप्त सुझावलाई सम्बोधन गर्ने बताएका थिए ।