काठमाडौं । कृषि विज्ञ मदन राईलाई बालयौन दुरूपयोगमा जिल्ला अदालत खोटाङले साढे दुई वर्ष कैद सजाय तोकेको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको हो ।
न्यायाधीश दाहालको इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश गरेको छ।
आफैले खोलेको शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको राइलाई माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।
गत वैशाख २८ फाउन्डेसनमा आश्रित बालबालिकामाथि राइले यौन दुर्व्यवहार गरेको सम्बन्धि समाचार सेतोपाटीले अनलाईनले प्रकाशित गरेको थियो।