काठमाडौँ । लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फेसबुकमा प्रतिक्रिया लेख्दै बालिकासँग माफी मागेका छन् । मेयर शाहले लेखेका छन्, सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछः
यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।
६ वर्षदेखि सांसद शर्माको घरमा रहेर काम गरिरहेकी ती नवबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएपछि काठमाडौँ महानगरपालिकाले उनको उद्धार गरी प्रदेश सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
घरमा बाल श्रमिक राखेको र यातना समेत दिएको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि मेयर शाहले यस्तो प्रतिक्रिया दिएका हुन ।
सम्बन्धित समाचार