अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको असंवैधानिक नियुक्ति सम्बन्धि मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त गरेका ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने पेसी तोकिएको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा यो मुद्दाको पेसी तोकिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गरी अख्तियारसहित विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरेका थिए । उक्त नियुक्ति बदरको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी लगायतले २०७७ साल पुसमा उक्त रिट दर्ता गरेका थिए ।

उक्त रिटमा पटक पटक पेसी तोकिए पनि हेर्न नभ्याउने र नमिल्ने हुँदै मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज