प्रधानमन्त्री कार्यालयविरुद्ध अवहेलनामा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयविरुद्ध दायर अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आइतबार आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरिबन्धु टी-इस्टेटसम्बन्धी सर्वोच्चको २०८० माघ २४ गतेको फैसला कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था मन्त्रालयविरुद्ध रिट दायर गरेका थिए।

अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले अध्यादेश ल्याएर फैसला कार्यान्वयनमा अवरोध गरेको आरोप लगाएका छन्। उनले अदालतको अवहेलनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्दै पदमुक्त गर्ने आदेशसमेत माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज