प्रहरी विधेयकमा परे ४३ संशोधन प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधि सभामा प्रस्तुत भएको उक्त विद्येयकमा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका हुन् ।

विधेयकमा प्रतिपक्षी दलले मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

प्रहरी विधेयकमा कांग्रेसका तर्फबाट अहिलेसम्म प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक शुशीला थिङसहित रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, नागिना यादव, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सिता मिजार गरी ११ जनाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय आज साँझ ७ बजेर २ मिनेटसम्म रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज