काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी रोकथाममा नेपालले प्रभावकारी सुधार गर्न नसकेपछि दोस्रोपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको छ।
फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई उच्च जोखिमयुक्त मुलुकको सूचीमा राखेको छ। नेपाल राष्ट्र बैंकका अधिकारीहरूका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कानून कार्यान्वयन, वित्तीय अपराध अनुसन्धान तथा कारबाहीमा पर्याप्त सुधार गर्न नसक्दा नेपाल ग्रे लिस्टमा परेको हो।
एफएटीएफले सन् २०२३ मा सार्वजनिक गरेको एसिया प्यासिफिक ग्रुप ९एपीजी० को पारस्परिक मूल्यांकन प्रतिवेदनले नेपाललाई सुधारका लागि एक वर्षको समय दिएको थियो। तर, सो अवधि सकिएपछि नेपालले उल्लेखनीय प्रगति गर्न नसकेकाले ग्रे लिस्टमा राखिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ।
ग्रे लिस्टमा परेपछि नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप निगरानीमा राखिनेछ। यसले आयात(निर्यात, बैंकिङ कारोबार, तथा विदेशी लगानीमा असर पार्न सक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्। ूनेपालले सुधार नगरेमा ब्ल्याकलिस्टमा पर्ने सम्भावना समेत रहन्छ,ू उनले भने।
सन् २००८ मा पहिलोपटक नेपाल ग्रे लिस्टमा परेको थियो भने २०१४ मा मात्र स्तरोन्नति भएको थियो। अहिले पनि नेपालले सुधारका लागि ठोस नीतिगत तथा प्राविधिक कदम चाल्नुपर्ने विज्ञहरू बताउँछन्।