लोकतन्त्रपछि उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा माओवादीकै पकड, लगातार चौथौ पटक जित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा लोकतन्त्र पछि माओवादीकै मात्र पकड देखिएको छ । माओवादी निकट ट्रेड युनियनले प्राधिकरणमा लगातार चौथोपटकको निर्वाचनसम्ममा जित हासिल गरेको छ । पछिल्लो पटक गत शुक्रबार भएको निर्वाचनमा माओवादी निकट कर्मचारी युनियनले जितेको छ ।

प्राधिकरणमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्षमा ईन्जिनिर सुवास कोइराला निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष कोइराला शुक्रबार भएको आधिकारिक ट्रेड युनियनको अध्यक्षमा विजयी भएसँगै यो संगठनको प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा लगातार चौथो जित हो ।

यस अघि नेपाल राष्ट्रिय कर्मचारी संगठनका दमन रावल दुईपटक र श्रवणकुमार यादव एक पटक आधाकारिक ट्रेड युनियको अध्यक्ष भइसकेको छन भने चौथो पटकको निर्वाचनमा कोइराला विजयी भएका हुन् ।

माओवादी समर्थित कर्मचारी युनियनले राम्रो पकड बनाउन सफल भएको प्राधिरकणमा सत्तापक्षका उम्मेदवारलाई पाखा लगाउँदै प्रतिक्षी दल मओवादी केन्द्र समर्थित कर्मचारी संगठनका उम्मेदवार विजयी भएका हुन् । लोकतन्त्र पछिको चार वटा निर्वाचन सबैमा माओवादी समर्थित कर्मचारी संगठनले नै बाजी मार्दै आएको छ ।

प्राधिकरणको यस निर्वाचनमा नेकपा माओवादी केन्द्र समर्थित कर्मचारी संगठनका अध्यक्ष कोइरालाका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस समर्थित नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघका गणेश प्रसाद भुसाल अध्यक्ष थिए ।

कोइरालाले २०२ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी भुसालले १९४ मत पाए भने नेकपा एमाले समर्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष मिनप्रसाद अर्यालले १५३ मत मात्रै प्राप्त गरेका छन् ।

प्राधिकरणको आधाकारिक ट्रेड युनियन निर्वाचनका लागि विभिन्न २२ वटा स्थानमा मतदात केन्द्र राखिएको थियो । कुल ६१३ मदतातामध्येबाट जम्मा ५८६ मत खसेको थियो । उक्त मतदातमा १० मत बदर भएको प्राधिकरणको आधिकार ट्रेड युनियन निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यस अघि यो संगठनले गरेको राम्रा कामको अनुमोदन प्राधिकरणका कर्मचारीले गरेकैले सहजै विजयी हुन सकेको अध्यक्ष कोइरालाले बताए । उनका अनुसार कर्मचारीको हक, संस्थागत हित र पेशागत हकहितमा काम गरेकै कारण कर्मचारीले यसपटक पनि आधिकारीक ट्रेड युनियनको जिम्मेवारी आफ्नो संघठनलाई दिएको पनि कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज