काठमाडौं । नेपाल बार एशोसियसनले आसन्न निर्वाचनका लागि औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ। निर्वाचन सम्बन्धी महत्वपूर्ण मितिहरू तय गर्दै बार एशोसियसनले उम्मेदवारी दर्तादेखि मतगणनासम्मको सम्पूर्ण प्रक्रिया निर्धारण गरेको छ।
निर्वाचन कार्यतालिका अनुसार, उम्मेदवारी दर्ता तथा दाबी/विरोध दर्ता आगामी फागुन २३ गते हुने भएको छ। उम्मेदवारहरूले दाबी विरोध दर्ता गरेपछि अन्तिम नामावली प्रकाशन फागुन २५ गते सार्वजनिक गरिनेछ।
निर्वाचनको मुख्य प्रक्रिया अन्तर्गत मतदान आगामी चैत २३ गते शनिबार बिहान ८स्०० बजे देखि सुरु हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना सुरु हुने र अन्तिम नतिजा घोषणा गरिनेछ।
मतदानका लागि देशभर विभिन्न स्थानमा केन्द्र तोकिएको छ। काठमाडौं, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी लगायतका स्थानहरूमा मतदान केन्द्र रहनेछन्।
नेपाल बार एशोसियसनको निर्वाचन कानूनी क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले यसमा वकिलहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपालभर विभिन्न स्थानमा मतदान केन्द्र तोकिएको छ। निर्वाचनमा अध्यक्षको उम्मेदवारी दर्ताका लागि शुल्क ६० हजार रुपैयाँ तोकिएको छ । उपाध्यक्षका लागि ४० हजार, महासचिवका लागि ३० हजार, कोषाध्यक्षका लागि २५ हजार, र सदस्यका लागि २० हजार दर्ता शुल्क तोकिएको छ ।
उम्मेदवारको प्रारम्भिक सूची फागुन २३ गते प्रकाशित गरिनेछ भने अन्तिम सूची फागुन २५ गते सार्वजनिक गरिनेछ।मतदान सकिएपछि मतगणना सुरु गरिनेछ र मतगणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिनेछ।
यस्तो छ निर्वाचन कार्यतालिकाः
नेपाल बार एशोसियसन निर्वाचन समितिले निर्वाचन प्रक्रिया निम्नानुसार तय गरेको छ:
- मतदाता नामावली प्रकाशन : फागुन १५
- मतदाता नामावलीमा दाबी-विरोध : फागुन १६
- दाबी-विरोधको टुंगो : फागुन २०
- अन्तिम मतदाता नामावली प्रकाशन : फागुन २१
- उम्मेदवारी दर्ता : फागुन २२
- उम्मेदवारी दर्तामा दाबी-विरोध : फागुन २३
- दाबी-विरोधको टुंगो : फागुन २३
- अन्तिम उम्मेदवार नामावली प्रकाशन : फागुन २५
- मतदान मिति : चैत २३, बिहान ८:०० बजेदेखि