राष्ट्रिय सभाबाट आइतबार चार विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाले आइतबार चार वटा विधेयक पारित गरेको छ ।

बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यसबाहेक भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् ।

यी विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो ।

राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता गरेपछि राष्ट्रिय सभाले आइतबार सबैलाई एकै दिन पुनः पारित गरेको हो ।

एउटा सभामा उत्पति भएको विधेयक अर्को सभाबाट पारित भएर पुनः फर्किन्छ । अर्को सभामा भएको संशोधन सम्बन्धित सभाले स्वीकार गरेपछि सदनको प्रमुखले प्रमाणित गर्छन् ।

त्यसपछि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज