पदावधि सकिएपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाए बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले

पदावधि सकिएपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाए बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले

काठमाडौं । भ्रष्टाचारको आरोपमा मंसिर २४ गते निलम्बनमा परेका बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य सिलवालले पदावधि सकिएपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाएका छन् । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा उनलाई सफाइ दिएको हो ।

विशेष अदालतले सिलवाललाई नागरिकता, जन्ममिति र अवकाशसम्बन्धी आरोपबाट सफाइ दिएको छ। अख्तियारले उनको त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट, निजामती सेवा अभिलेख र राहदानीमा जन्ममिति फरक देखाउँदै मुद्दा चलाएको थियो। बीमा प्राधिकरणको अध्यक्ष पदमा उमेर छली नियुक्ति लिएको आरोपसहित ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो। अदालतले उनलाई निर्दोष ठहर गरेको छ।

भ्रष्टाचारको मुद्दामा सफाइ पाएसँगै सिलवालको निलम्बन पनि फुकुवा भएको छ । तर उनको पदावधि माघ १९ गते नै सकिएको छ । उनको ठाउँमा केही दिन अघिमात्रै सरकारले पत्रकार शरद ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ।

सिलवाल २०७७ माघ १९ गते तत्कालिन बीमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । बीमा समिति रुपान्तरित भएर बीमा प्राधिकरण भएपछि सिलवाल नै अध्यक्ष पदमै निरन्तर थिए । उनको ४ वर्षे कार्यकाल माघ १९ गते नै सकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज