काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दा पुनरावलोकन गर्दै मिसिल झिकाउने आदेश दिएको छ। सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो।
बेचन झा गत असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए। जिल्ला अदालत, काठमाडौंले उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधका अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगेका झाले न्यायिक पुनरावलोकनको प्रयास गरे पनि उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको थियो। पछिल्लो चरणमा, गत माघ २ गते उनले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए, जसका आधारमा सर्वोच्चले मिसिल झिकाई पुनरवलोकन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।