भूमिसम्बन्धी अध्यादेशमा सरकार पछि हट्यो, अन्य पाँच अध्यादेश भने प्रतिनिधि सभाबाट स्वीकृत गराउने

काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुधबार भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिएका छन् ।

सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले बताए ।

बुधबार प्रतिनिधिसभा बैठक बस्दै छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषय कार्यसूचीमा राख्ने तयारी गरेका र्छौ’ बर्तौलाले भने ।
जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने प्रस्ताव पेस गरिएको थियो । सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार यो अध्यादेशबाट डारएर पछि हट्न बाध्य भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज