सडकमा आन्दोलन गर्नेलाई बालेनको नगद जरीवाना, एमालेपछि राप्रपालाई गराए एक लाख जरीवाना

काठमाडौं । सडकमा आन्दोलन गर्नेलाई बालेनको नगद जरीवाना गराएर कारवाही गरेको संकेत गर्न थालेका छन् । आइतबारको सडकमा गरिएको प्रदर्शनबाट फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरीवाना तिर्न पत्र पठाएको छ ।

काठमाडौं महानगरपालिकाले पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिबाना तिराएको हो ।

महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।

निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् ।

पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख छ ।

यसअघि गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिबानाको पुर्जी थमाएको थियो । काठमाडौं महानगरका मेयर वालेन्द्र साह (बालेनले) फोहोर गर्नेले आफैं सफा गर्नुपर्ने नजिर जरीवाना तिराएरै बसाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज