काठमाडौं । प्रहरीले करिव २५ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक सहित २ जनालाई पक्राउ गरेको हो।
‘ट्रकमा युरो र अमेरिकी डलर बरामद भएको हो। बरामद रकम नेपालीमा कन्र्भट गर्दा करिव २५ करोड हुने प्रहरीले जनाएको छ । प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
* प्रहरीले २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका कुसान लामा रहेको खुलेको छ । प्रहरीका अनुसार उनी यसअघि ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनी समातिएर २०७८ मा छुटेका थिए । (अपडेट)