संवैधानिक पदाधिकारी नियुक्तिको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबार पुनः सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ ।

यसअघि २१ फागुनमा भएको सुनुवाइपछि सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ राख्दै आजको मिति तोकेको थियो ।

२०७७ पुस र २०७८ असारमा प्रधानमन्त्री ओली नेतृत्वको संवैधानिक परिषदले ५२ जना पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत बैठक बोलाई संसदीय सुनुवाइबिना नियुक्ति गरिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दर्ता गरेका थिए । अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरूले आज बहस गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज