मन्त्री नै संसद बैठकमा उपस्थित नहुँदा दर्ता विधेयक अगाडि बढेनन्, एक वर्षदेखिका विधेयक छलफलमै छैनन्

काठमाडौं । मन्त्री संसद बैठकमा उपस्थित नहुँदा दर्ता विधेयक अगाडि बढ्न नसकेको गुनासो प्रतिनिधिसभा सदस्यले नै गरेका छन् । सम्बन्धित मन्त्रालयका मन्त्रीले विधेयक दर्ता गराएका तर बैठकमा आफू उपस्थित नहुँदा विधेयक अगाडि नबढाएको संसद सदस्यकै गुनासो छ ।

प्रतिनिधि सभा सदस्य सुनिता बरालले पर्यटन मन्त्रीको उपस्थिति नहुँदा संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक अगाडि नबढेको बताउँछिन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सदस्य बरालले नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको कार्यक्रममा बरालले मन्त्री उपस्थिति नहुँदा संसदमा सम्बन्धित विधेयक छलफलमा जान नसकेको बताएकी हुन् । यो समस्या पर्यटन मन्त्रीको मात्रै नभएर अरु मन्त्रालयको पनि रहेको उनको भनाइ छ ।

हाल प्रतिनिधिसभामा २८ वटा विभिन्न विधेयक दर्ता भएका छन् । यस्ता विधेयक २०२९ चैतदेखिका हुन् । संसदमा दर्ता भएको विधेयकमा करिब एक वर्षदेखि संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक रहेको छ । यसअघि गत भदौमा दर्ता भएका विद्यायल शिक्षा विधेयक, विद्युत् विधेयक, असोजमा दर्ता भएको बैकिङ कसुर तथा सजाय विधेयकसहितको विधेयकपनि संसदमा छन् ।

संसदमा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धित विधेयक अगाडि बढाउन पर्यटन मन्त्री उपस्थित नभएको बरालको भनाइ छ । मन्त्री बाहिर बाहिर हुने, काठमाडौं हुँदा पनि संसद बैठकमा उपस्थित हुन नसक्दा कार्यसूचीमा सम्बिन्धित विधेयक आउन नसेको दाबी उनको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज