काठमाडौं। नेपाल सरकारले सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउन फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्रामलगायतका प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र सूचीकृत हुन आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार, एक महिनाभित्र दर्ता नगरिए नेपालमा यी सञ्जालहरू सञ्चालन गर्न रोक लगाइने चेतावनी दिएको छ।
नेपाल सरकारले सामाजिक सञ्जालको नियमनलाई व्यवस्थित गर्न फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्मलाई अनिवार्य दर्ता गर्न आग्रह गरेको छ। बिहीबार तेस्रो पटक सूचना प्रकाशित गर्दै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक महिनाभित्र दर्ता नगरिए नेपालभित्र यी सञ्जालहरू सञ्चालन गर्न रोक लगाइने चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार, नेपालमा सञ्चालन हुने कुनै पनि सामाजिक सञ्जालले दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र सूचीकरण नगर्ने प्लेटफर्महरूलाई निर्देशनको दफा ३ को उपदफा ९७० बमोजिम नेपालमा सञ्चालनमा रोक लगाउन सकिने सूचनामा उल्लेख छ।
सरकारले यसअघि पनि फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई निर्देशिका अनुसार सूचीकृत हुन आग्रह गरिसकेको थियो। हालसम्म भाइबर मिडिया एस।ए।आर।एल, टिकटक, र सारांश मिडिया ल्याब प्रा।लि। ९ध्भभतयप० लेमात्रै दर्ता प्रक्रिया पूरा गरेको मन्त्रालयको सूचनामा उल्लेख छ।
निर्देशिकाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क कार्यालय खोल्न, प्रयोगकर्ताहरूका गुनासा सुन्न अधिकारी तोक्न, तथा सामग्री नियमन र डिजिटल मर्यादा पालनाको व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, प्रयोगकर्ताहरूको गोपनीयता, डाटा सुरक्षा तथा आपत्तिजनक सामग्री हटाउने प्रक्रियालाई सुनिश्चित गर्नुपर्ने प्रावधानहरू समावेश छन्।
सरकारले निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक कारबाही गर्ने बताएको छ।