काठमाडौं । गृह मन्त्रालयले सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई मन्त्रालयमा तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाएको छ ।
महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको हो ।