सरकारसँग सहमति, गुठी मोही आन्दोलन टुंगियो

काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसान र सरकारले गुठी संस्थान ऐन, २०३३ लाई संशोधन गर्ने सहमति गरेका छन्, जसले मोही किसानको समस्या समाधानको मार्ग खोल्नेछ। ५१ दिनदेखि माइतीघरमा धर्ना बसेका किसानले सरकारको प्रतिबद्धतापछि आन्दोलन स्थगित गरेका छन्।

सरकार र आन्दोलनरत पक्षबीच तीन दिन लामो छलफलपछि संसद्को चालु अधिवेशनमा गुठी संस्थान (तेस्रो) संशोधन विधेयक, २०८१ पेश गर्ने सहमति जुटेको हो। कृषि भूमिमा आफ्नो अधिकारको माग गर्दै वर्षदिनदेखि आन्दोलनरत किसानले यस सहमतिलाई संघर्षको महत्वपूर्ण उपलब्धि भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज