मेलमिलाप र बहुसरोकारवाला विषयमा न्यायिक समितिसँग छलफल

कैलाली । मेलमिलाप र बहुसरोकारवाला विषयमा न्यायिक समितिसँग विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कैलालीको घोडाघोडी नगरपालिकामा आयोजित कार्यक्रममा विभिन्न स्थानीय तहका पदाधिकारी, कानुनी विज्ञ, सञ्चारकर्मी, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा घोडाघोडी नगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक गुलिया कुमारी चौधरी, कैलारी गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरी, जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया, लम्की चुहा नगरपालिका–१ वडा अध्यक्ष नेत्र प्रसाद खनाल, भजनी नगरपालिका न्यायिक समिति सदस्य राजेन्द्र प्रसाद खनाल, जोशीपुर गाउँपालिका न्यायिक समिति सदस्य राम बहादुर चौधरी, सुमित्रा कुमारी चौधरी, भजनी नगरपालिका कानुन अधिकृत पुर्ण प्रसाद जोशी, घोडाघोडी नगरपालिका कानुन अधिकृत हेमाकान्त सुवेदी, जोशीपुर गाउँपालिका कानुन अधिकृत अमृता सिंह चौधरी लगायतका स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता थियो।

त्यसैगरी, कार्यक्रममा मेलमिलाप परिषद्का सदस्य एवं प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुप बहादुर थापा, द मेकानल फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक जेसिका रोहन, पत्रकार अमित ढकाल, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका वरिष्ठ कार्यक्रम अधिकृत दीपक राज भट्ट, पश्चिम क्षेत्रीय संयोजक बल्लु चौधरी लगायतको उपस्थिति थियो।

कार्यक्रममा न्यायिक समितिको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक नीति, मेलमिलाप प्रक्रियाका चुनौतीहरू, स्थानीय तहमा मेलमिलाप प्रवर्द्धनका उपायहरू तथा बहुसरोकारवालाहरूको भूमिका जस्ता विषयमा गहन छलफल गर्रिएको थियो । सहभागीहरूले स्थानीय तहमा मेलमिलापलाई संस्थागत गर्ने, कानुनी प्रक्रियालाई अझ सुलभ बनाउने र सामाजिक न्याय सुनिश्चित गर्ने विषयमा आफ्ना धारणा राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज