कुलमान घिसिङले पाएनन् अन्तरिम आदेश, मुद्दामा थप सुनुवाइ आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले शुक्रबार प्रारम्भिक सुनुवाइपछि दुवै पक्षलाई झिकाउने आदेश दिनसक्ने संकेत गरेको छ।

घिसिङका कानुन व्यवसायीहरूले नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काम गर्न रोक लगाउनुपर्ने माग गर्दै अन्तरिम आदेशको माग गरेका थिए। तर, इजलासले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

इजलास खाजाका लागि स्थगित भएको छ। खाजा समयपछि शाक्यले पेश गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ। न्यायाधीश मुसलमानले दुवै रिटलाई आइतबार सँगै सुनुवाइ गर्ने आदेश दिएको सर्वोच्च स्रोतले जनाएको छ।

सर्वोच्च अदालतको वेबसाइटमा मुद्दाको प्रारम्भिक सुनुवाइपछिको स्थिति अपडेट गरिएको छैन र कुनै आदेश सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार

ताजा न्यूज